रुपन्देहीस्थित मोतिपुर औद्योगिक क्षेत्रको जग्गा सुकुम्बासीका नाममा कब्जा गर्न खोजेपछि स्थानीय प्रशासनले गोली चलाएको छ । जग्गा कब्जा गर्न खोज्नेलाई प्रहरीले हटाउन खोजेपछि भएको झडपमा प्रहरीले गोली चलाएको हो । स्थानीयले ढुंगामुढा गरेपछि प्रहरीले गोली चलाएको छ ।

प्रहरीको गोलीबाट ३ जना स्थानीय र ३ जना सशस्त्र प्रहरी गरी ६ जना घाइते भएका छन् । घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । औद्योगिक क्षेत्र निर्माण गर्ने ठाउँमा जग्गा कब्जा गर्न खोज्ने र प्रहरीबीच झडप भएको हो ।

२०७२ चैत १ मा रुपन्देहीको मोतीपुरमा ५ वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा भएको थियो । बुटवल उपमहानगरपालिकासहित तिलोत्तमा नगरपालिका, सियारी र शुद्धोधन गाउँपालिकासित जोडिएको तिनाउ नदी उकास क्षेत्रको सार्वजनिक जग्गामा औद्योगिक क्षेत्र बनाउनेमा दलहरुको सहमति छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय