सुनसरीमा प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय परिषर तनावग्रस्त बनेको छ । पीडितका आफन्त सहित ठूलो संख्याको भीडले प्रहरीमाथि आक्रमण गर्न थालेपछि दोहोरो झडप समेत भएको छ ।

ढुङ्गामुढा पश्चात प्रहरीले प्रदर्शनकारीलाई लखेट्न आधा दर्जन बढी अश्रुग्यास समेत प्रहार गरेको छ । झडपमा प्रहरीसहित एक दर्जन बढी घाइते भएका छन् । प्रदर्शनकारीले पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध पारेका छन् । प्रहरीले सुनियोजित रुपले थुनामा रहेका व्यक्तिको हत्या गरेको भन्दै उनीहरुले शव नबुझने समेत बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जय सिंह थापाले भने सीसीटीभी क्यामेरामा स्पष्ट हात्महत्या गरेको देखिएकाले प्रहरीमाथि आक्षेप लगाउनु उचित नहुने बताए । उनले घटना अनुसन्धानका क्रममा रहेकाले छानविन हुने पनि बताए ।प्रहरीले प्रदर्शनकारीलाई हटाउन पटक–पटक प्रयास गरेपनि उग

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय