महोत्तरीको बजराहीबाट प्रहरीले स्रोत नखुलेको १० लाख बढी रकम सहित दुई जनालाई नियन्त्रणमा लिएका छन ।जलेश्वर नगरपालिका– ८ बजराहीबाट नम्बर नबुझेको ग्ल्यामर मोटरसाईकलमा जाँदै गरेको अवस्थामा १० लाख ४ हजार ५ सय रुपैया सहित मनरासिस्वा नगरपालिका– ५का मोटरसाईकल दिपेन्द्र कुमार साह र भंगहा नगरपालिका– ७ बस्ने १८ वर्षीया विन्दा कुमारी साहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

मनरासिस्वा नगरपालिका– ५ कटैया गाउँबाट धनुषाको जनकपुर जाँदै गरेको अवस्थामा प्रदेश नं.२ प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिगएको प्रहरी टोलीले बजराही गाउँको भित्रि सडकमा चेकजाँच गर्दा सिटमुनि लुकाएर राखेको अवस्थामा सो रकम बरामद गरेको हो । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको छ । बरामद भएको रकम हुन्डि कारोवारको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय