सरकारले आजदेखि काठमाडौंमा दसैँका लागि खसीबोकाको बिक्री सुरु गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँका लागि सुपथ मूल्यमा खसीबोकाको बिक्री सुरु गरेको हो ।

खाद्यको थापाथलीमा रहेको प्रधान कार्यालयबाट खसीबोका बिक्री सुरु गरिएको हो । आज मकवानपुर र दाङबाट गरी ५ सय ३० खसीबोका बिक्री गरिएको खाद्य कम्पनीले जनाएको छ । यस वर्षको दसैँमा खाद्यले दाङबाट आठ सय र मकवानपुरबाट एक हजार दुई सय खसीबोका काठमाडौं ल्याएर बिक्री गर्ने योजना बनाएको छ ।

खसीबोकाको खरिद मूल्य प्रतिकिलो अधिकतम पाँच सय पैसठ्ठी रुपैयाँ तोकिएको छ । बिक्री मूल्य प्रतिकिलो छ सय चालिस रुपैयाँ निर्धारण गरिएको छ । मासु व्यवसायीहरुले पनि दशैंका लागि मुल्य निर्धारण गरेका छन ।

खसीको आन्द्राभुडी राखिएको मासु प्रतिकिलो एक हजार, बोसो राखिएकाको एक हजार २ सय र ह्याकुलासहितको मासुको मूल्य एक हजार तीन सय रुपैयाँ निर्धारण गरिएको छ । कुखुराको मासु प्रतिकिलो तीन सय, राँगा र बंगुरको मासु पाँच–पाँच सय रूपैयाँ तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय