पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष पनि विजया दशमीमा सर्वसाधारणलाई टिका नलगाइदिने भएका छन् । कोरोना महामारीको जोखिम कायमै रहेको भन्दै पूर्वराजा शाहले सर्वसाधारणलाई टिका लगाइदिने कार्यक्रम स्थगित गरेका हुन् ।

शाहले गतवर्ष पनि कोरोना संक्रमण फैलन सक्ने भन्दै सर्वसाधारणलाई टिका लगाइ दिएका थिएनन । यसैगरी महाअष्ठमीका दिन विभिन्न शक्ति पीठहरुमा दर्शन गर्ने कार्यक्रम पनि पूर्वराजा शाहले स्थगित गरेका छन् ।

कोरोनाको असहजताको स्थितिमा भीडभाड हुन सक्ने भन्दै शक्ति पीठहरुको दर्शन गर्ने कार्यक्रम स्थगित गरेको शाहको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय