कोरोना संक्रमणको जोखिम सँगै बन्द भएका धार्मिक आस्थाका केन्द्रहरुमा बिस्तारै खुल्न थालेका छन् । बौद्धमार्गीहरुको आस्था र श्रद्धाको केन्द्र रहेको लुम्बिनीमा आन्तरिक र बाह्य पर्यटकको विस्तारै चहलपहल सुरु भएको छ । गएको साउनदेखि नै लुम्बिनी क्षेत्र खुला गरिए पनि नेपाल सरकारले अनअराइभल भीसा खुला नगरेको कारण नेपाल बाहिरका पर्यटक आउन सकेका थिएनन् ।

सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड खुकुलो बनाएसँगै लुम्बिनीमा आन्तरिक पर्यटकका साथै विदेशी पर्यटकको चहल पहल बढ्न थालेको हो । लुम्बिनी विकास कोषका अनुसार लुम्बिनी भ्रमणमा आउने पर्यटककोे संख्या कम भइरहेका बेला सरकारले अनअराइभल भीसा दिन सुरु गरेकाले पर्यटकको आवागमन बढ्ने अनुमान गरिएको छ । सरकारले तय गरेको स्वास्थ्य मापदण्ड पालना गराउने गरि भ्रमणमा आउने पर्यटकको ब्यबस्थापन गरिने कोषले जनाएको छ ।

लुम्बिनी विकाश कोषले विश्व पर्यटन दिवशका दिन लुम्बिनी क्षेत्र खुला रहेको सन्देश विश्वभरि पठाएको जानकारी दिएको छ । लुम्बिनीलाई कोरोना संक्रमणको जोखिमबाट मुक्त गराउँदै पर्यटकलाई आकर्षित गर्नका लागि कोषले कोरोना विकास निर्माण, सरसफाई र मर्मत सम्भारको काम निरन्तर रुपमा गरिरहेको सदस्य सचिव शाक्यले बताए ।

कोषले अहिले लुम्बिनीका नहर, पोखरीमा पानी राख्ने, बगैंचाहरुको मर्मत तथा सरसफाइको काम गरिरहेको छ । पर्यटकलाई आकर्षित गर्न लुम्बिनी विकास कोष मात्र नभइ स्थानीय होटल व्यवसायीहरुले पनि काम गर्नुपर्ने हुन्छ । पर्यटकहरुको लागि होटल व्यवसायीहरु र लुम्बिनी विकास कोषको संयुक्त योजना आउन सकेमा कोरोनाले थलिएको ब्याबसाय माथि उठ्न समय नलाग्ने कतिपयको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय