सिमकोट गाउँपालिका–४ हिल्दुम गाउँको खोलामा रहेको हिल्दुम साना जल विधुत आयोजना बाट विद्युतआपुर्ति हुन नसकेपछि सदरमुकाम सिमकोट आएका सेवाग्राहीले सास्ती खेप्नु परेको छ ।

भदौ २५ गतेदेखि सदरमकाम सिमकोटमा विधुत आपुर्ति हुन नसकेपछि जिल्लाका विभिन्न सरकारी कार्यालयबाट प्रभाह हुने सेवा बन्द भएका छन् । करीव चारदिन लगाएर सदरमुकाम सिमकोट पुगेका अदानचुलि गाउँपालिकाका स्थानीय जयराज सान्ज्यालले भने नागरिता बनाउने आशामा सिमकोट पुगियो तर विधुत बन्द भएको रहेछ अव नागरिता नवनाएरै घर जानु पर्ने भयो ।

दैनिक जिल्ला प्रशासन कार्यालयबाट हुने नागरिता, पासपोर्ट, खाद्यान्न, मालपोत कार्यालयबाट हुने जग्गा नामसारी, लालपुर्जा, गाउँपालिकाबाट हुने नागरिक्ताको सिफारीस, जन्म, मृत्यु, बसाई सराई, ठेक्कापट्टाका विभिन्न सिफारीसहरु विधुत मार्फत नै हुने भएका कारण सदरमुकाम सिमकोटमा पुगेका सेवाग्राही रित्तो हातमा घर फर्कनु परेको सिमकोट गाउँपालिका–२ का कर्ण भण्डारीले गुनासो गरे ।

 

यस्तै जिल्लामा दैनिक जसो सरकारी कार्यालयमा विभिन्न सिफारीस लिनका लागि आउँने करीव ७० देखि ८० जना सेवाग्राही विधुत अवरुद्धकै कारण रित्तो हातमा घर फर्कनु परेको स्थानीय देवकी ऐडीले बताइन ।

त्यस्तै विधुत आर्पुति नहुँदा जिल्ला अस्पतालमा दैनिक दिन सामान्य चेकजाँच गर्न आउने ३५ देखि ५० जना सेवाग्राही र अस्पतालमै भर्ना भएका ९ जना विरामीलाई समेत सास्ती भएको डाक्टर टासि लामाले बताए । डाक्टर लामाका अनुसार हाल भर्ना भएका विरामी मधये विशेष गरेर दम, निमोनिया, झाडापखाला र पेट दुख्ने समस्या देखा परेका छन् ।

त्यस्तै यस अघि भदौ ३० गतेबाट सञ्चालन भएको कक्षा १२ को वार्षीक परीक्षा समेत आधा घण्टा ढिलो गरी सञ्चालन भएको थियो ।
विद्यालयमा विद्युत बाहेक अन्य सोलारको व्यवस्था नहुँदा परीक्षा बोर्डबाट आएको प्रश्नपत्र मेलबाट डाउनलोड गरेर प्रिन्ट गर्न समस्या भएका कारण ढिलो गरि परिक्षा सञ्चालन गर्नु परेको मानसरोवर मावि परीक्षा केन्द्रका केन्द्राध्यक्ष अमरबहादुर शाहीले बताए ।

हिल्दुम विद्युत वितरण केन्द्रले मर्मत गर्ने बाहानामा प्राय जसो विधुत बन्द गर्ने भएपछि यस्तो समस्या आउने गरेको शाहीको भनाई छ ।विधुत सञ्चालनमा नआएपछि सदरमुकाम सिमकोटमा रहेको बालमन्दिर माविमा कक्षा ९ मा अध्ययनरत छात्रा प्रगति शाहीका अनुसार हाल आफ्नो कम्युटर कोर्स बढाउन समेत प्रभावित भएको गुनासो गरे ।

त्यती मात्रै नभई विहान वेलुका र रातीको समयमा पठनपाठन गर्न समेत समस्या भएको छ ।प्रमुख जिल्ला अधिकारी गणेश आचार्यका अनुसार जिल्ला प्रशासनबाट केही दिनदेखि सामान्य रुपमा जेनेरटर चलाएर सेवा दिदै आएको भए पनि पर्याप्त रुपमा सेवा प्रावाह हुन नसकेको स्वीकारे ।

प्रजिअ आचार्यका अनुसार विगत लामो समयदेखि हुम्ला जिल्लालाई राष्ट्रिय परसारण लाईनका लागि पहल गरेको भए पनि, हुम्ला सडक सञ्जालमा नजोडिदासम्म सो लाईन हुम्लामा पुग्न नसक्ने बताए ।त्यस्तै उनका अनुसार जिल्लाका राजनिति दल एबं जनप्रतितिनिधि लगायत कुनै पनि संसदहरुको खासै पहल नदेखिएको प्रजिअ आचार्यको भनाई छ ।

विधुत पावरहाउस माथि रहेको नहरका प्यानीस्टिक पाइपहरु फ्ुटेका कारण विधुत अपरुद्ध भएको हो । असोज ८ गतेसम्म विद्युत बन्द भएको हेल्दुम साना जलद्यिधुत आयोजनाको नहरलाई थप बाढि पहिरोले लगेपछि झन ठूलो समस्या उत्पन्न भएको हिल्दुम विद्युत वितरण केन्द्रका प्रमुख साजन ऐडीले बताए ।

प्रमुख ऐडीका अनुसार थप दुई महिना हुम्लाका सिमकोट र खार्पुनाथ गाउँपालिकाका सेवा लिन र उज्यालोबाट प्रत्यक्ष बन्चित हुने भएको बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय