साउदी अरेबियाले तेल प्रशोधन केन्द्रमा भएको आक्रमणको उपयुक्त जवाफ दिने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

साउदी अरेबियाले आफ्ना दुई ठूला तेल प्रशोधन केन्द्रमा भएको आक्रमणको उपयुक्त जवाफ दिने बताएको छ ।

अत्यावश्यकीय प्रतिक्रियाका रुपमा आक्रमणको जवाफ दिने चेतावनी उसले दिएको हो । विदेश मन्त्री अब्देल अल–जुबेरले इरानले गरेको ड्रोन तथा क्रुज मिसाइल आक्रमणको उपयुक्त जवाफ बताएका हुन । तर उनले कस्तो खालको आक्रमण या जवाफ दिने भन्ने खुलाएका छैनन् ।

आक्रमणमा प्रयोग भएका सबै हतियार इरानी रहेको विदेश मन्त्री अल जुबेरले उल्लेख गरे । साउदी अरेबियाले चाँडै नै आक्रमणका सम्बन्धमा गरिएको अनुसन्धानको विस्तृत निष्कर्ष सार्वजनिक गर्नेपनि जनाएको छ । अमेरिकाले पनि आक्रमणपछि साउदीको सहयोगका लागि सेना पठाउने जनाएको छ ।

इरानले भने त्यसवाट उत्पन्न हुने स्थितीको जवाफ दिन तयार रहेको प्रतिक्रिया जनाएको छ । गत हप्ता सरकारी स्वामित्वको तेल कम्पनी अरामकोका अबकेक र खुराइसमा रहेका दुई प्रशोधन केन्द्रमा आक्रमण भएको थियो । आक्रमणपछि साउदी अरेबियाले तेल तथा ग्यासको उत्पादनमा कटौती गरेको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *