धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य सेवा अत्यन्तै नाजुक र गुणस्तरहीन रहेको पाइएको छ । नेपाल मेडिकल काउन्सिलले तयार पारेको स्थलगत अध्ययन प्रतिवेदनले प्रतिष्ठानमा स्वास्थ्य सेवाको अवस्था अत्यन्तै नाजुक र गुणस्तरहीन रहेकाले सेवाग्राहीहरुले सास्ती खेपीरहेको निष्कर्ष निकालेको हो ।

व्यवस्थापनको कमजोरीका कारण अस्पतालको रेडियोलोजी तथा ल्याब सेवाको अवस्था गुणस्तरहीन रहेको, अस्पतालको आफ्नै हाताभित्र फार्मेसी सेवा नभएकाले सेवाग्राही मर्कामा परेको र जनशक्तिको अभाव रहेको प्रतिवेदनमा उल्लेख छ ।

अस्पतालमा आइसीयु शैय्याको कमीले गर्दा आकस्मिक कक्षमा पुगेका बिरामीहरु अन्य अस्पतालमा रिफर हुने अवस्था रहेको पनि प्रतिवेदनमा उल्लेख छ । विशेषज्ञहरुले बिरामी नहेर्ने र रेजिडेन्ट चिकित्सकहरुले मात्र बिरामी हेर्ने गरेकाले उपचारमा समस्या भएको समेत पाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय