नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले कैलालीमा एक व्यक्तिको जग्गा कब्जा गरेको छ । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ७ मा रहेको रणबहादुर शाहको २२ बिगाह जग्गा कब्जा गरेको हो ।

जमिनदार शाहको उक्त जग्गा जनयुद्धकालमा तत्कालीन नेकपा माओवादीले कब्जामा लिएर सुकुम्बासी बस्ति बसाएको थियो । सरकारसँग विस्तृत शान्तिसम्झौता गरेको माओवादीले शान्तिप्रक्रियामा आएपछि कब्जामा लिएका जग्गा जमिन लगायत सम्पति फिर्ता गर्ने र जग्गाको समुचित वितरण गर्न वैज्ञानिक भूमिसुधार लागु गर्ने सहमति भएको थियो ।

जमिनदार शाहको स्वामित्वमा रहेको उक्त जमिन खरिद विक्रिको लागि धेरै पटक चलखेल भए पनि वस्ती उठ्न नमानेपछि किनबेच हुन सकेको थिएन । केही वर्ष पहिले पोखराको शौभाग्य रियलस्टेट एण्ड हाउजिङ्ग प्रालिले खरिद गरेको थियो ।

उक्त कम्पनीले जग्गा खालि गराउन पुर्व माओवादी नेता कालीबहादुर खाममार्फत नेकपा नेतासंग पहल समेत गरेको थियो । तर पार्टीमा व्यापक विरोध भएपछि माओवादी पछि हटेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय