स्वास्थ्य तथा चिकित्सा शिक्षाको सुधारका अभियन्ता डाक्टर गोविन्द केसी आज अमेरिका जाँदैछन् । दुई दिने सामूहिक सत्याग्रहमा सहभागी हुन उनी न्युयोर्क जान लागेका हुन ।

उनको अगुवाईमा सेप्टेम्बर २० र २१ तारिखमा दिउसो एक देखि चार बजेसम्म संयुक्त राष्ट्र संघको मूख्यालयमा शान्तिपूर्ण प्रदर्शन गर्ने तयारी छ । विश्वमा चलेको द्वन्द र युद्धको अन्त्यका लागि अहिंसाको सन्देश दिँदै शान्ति स्थापनाका लागि ध्यानाकर्षण गराउने उद्देश्यले केसीको अगुवाइमा प्रदर्शन गर्न लागिएको हो ।

विश्व शान्ति दिवस सेप्टेवर २१ शान्ति दिवसका अवसरमा हुने दुई दिने शान्तिपूर्ण प्रदर्शन हुन लागेको हो । प्रदर्शनवाट जलवायु परिवर्तन लगायत सबैका लागि स्वास्थ र शिक्षा तथा सबैका लागि कोभिड खोपका विषयमा विश्वका नेताहरुको ध्यानाकर्षण गराउने उद्देश्य राखिएको छ । डाक्टर केसी एक दशकदेखि नेपालको स्वास्थ्य तथा चिकित्सा शिक्षाको सुधार र सुशासनका लागि आन्दोलन गर्दै आएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय