जाजरकोटमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने छ जना घाईते भएका छन् । जाजरकोटको बारिकोट गाउँपालिका ९ खारादेखि नल्का नगरपालिका ४ कालिमाटी जाँदै गरेको जीप अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ ।

मृत्यु हुनेमा जाजरकोट बारेकोट २ की ४४ बर्षीया शान्ति रोकाया र जुम्लाका जडीबुटी व्यापारी ५४ वर्षीय मंगल महतरा रहेका छन् । घाइते छ जनालाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट लगिएको छ । घाईतेमध्ये दुई जनाको अवस्था गम्भिर रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय