अफगानिस्तानको पञ्जशीर प्रान्तमा तालिवान र बिपक्षी सेनाबीचको भिडन्तमा २० जना सर्वसाधरण मारिएका छन । भिडन्तका क्रममा एक युवकलाई तालीवानले घेरा हाली गोली हानेको दृश्य भाइरल भएको छ ।

दुई समुहको भिडन्तकै बीच तालीवानले सीम कार्ड बेचेको आरोपमा एक पसल सञ्चालकको गोली हानी हत्या गरेको हो । तालिवानले अफगानिस्तानका कब्जा जमाएपछि पञ्जशीर प्रान्त पनि कब्जामा लिने क्रममा कम्तीमा पनि २० जना सर्वसाधारणको हत्या गरेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।

पञ्जशीर उपत्यकामा सञ्चारसेवा अवरुद्ध रहेकाले यसबारे थप विवरण भने सार्वजनिक भएको छैन । तालिवानले काबुलसहित देशका अन्य प्रान्त कब्जा गरे पनि पञ्जशीर अझै पूर्ण रुपमा तालिवानको कब्जामा आउन सकेको छैन । दशकौंदेखि अफगानिस्तानको प्रतिरोधको केन्द्रको रुपमा रहेको पञ्जशीर प्रान्तको नेतृत्व बिपक्षी कमाण्डर अहमद साह मसदुले सम्हालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय