कांग्रेसमा पहिलोपटक १९ वर्षीया किशोरी वडा सभापति चयन भएकी छिन् । दैलेखको दुल्लु नगरपालिका–३ नेपाकी महत भर्खर १९ वर्ष लागेकी हुन्। उनै महत हालै सम्पन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट वडा सभापतिमा निर्वाचित भएकी हुन्।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले महत कांग्रेसको हालसम्म परिणाम घोषणा भएकामध्ये कान्छी वडा सभापति भएको जानकारी दिए । उनले महतको चयनले कांग्रेसमा नयाँ पालुवा पलाउँदै गरेका सन्देश दिएको प्रतिक्रिया दिएका छन् ।

‘राजनीतिको मुहार बदल्ने अभियानले तागत प्राप्त गर्छ, भविष्य बोकेको जाँगरिलो युवाहरूको सार्थक हस्तक्षेपले,’ प्रवक्ता शर्माले सामाजिक सञ्जालमा भनेका छन्, ‘दैलेख दुल्लु नगरपालिका–३ मा सभापति निर्वाचित स्वस्तिका परिवर्तनको प्रतिनिधि आवाज हुन् ।

सहायक निर्वाचन अधिकृत तथा नेपाल शिक्षक संघ दैलेखका अध्यक्ष कृष्णबहादुर थापाले शुक्रबारको निर्वाचनका क्रममा तीन सभापतिका उम्मेदवार रहेकोमा महतलाई सर्वसम्मत सभापति बनाउने निर्णय भएको थियो

महत राजनीतिक वातावरणमै हुर्किएकी हुन्। उनका बुवा भूपेन्द्रजंग महत दैलेख कांग्रेसको उपसभापति थिए। उनको दुई वर्षअघि मृत्यु भएको थियो। उनका बुवा पार्टी उपसभापति हुनुहुन्थ्यो, राजनीतिबाट समाज परिवर्तन गर्ने लक्ष्य उहाँको थियो’, । नेपालगञ्ज टेक्निकल कलेजबाट एचएको पढाइ सकेलगत्तै कोरोना संक्रमण सुरु भयो।

त्यसपछि उनी गाउँ फर्किइन्। स्वस्तिका वडा सभापतिमा निर्वाचित हुँदा जति खुसी छिन्, त्यति नै जिम्मेवारीले थिचिएको महसुस गरेकी छिन्।स्वस्तिकाजस्तै धेरै युवाहरु कांग्रेसको जारी १४ औं महाधिवेशनबाट वडा तहको नेतृत्वमा आएका छन्। राजनीतिमा युवाहरुको प्रवेशले कांग्रेसमा नयाँ आशाको किरण जगाएको नेताहरू बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय