सरकारले वागमती प्रदेश प्रमु्ख विष्णु प्रसाइलाई हटाएर यादवचन्द्र शर्मालाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । शर्मा माधव नेपाल प्रधानमन्त्री हुँदा प्रमुख स्वकीय सचिव थिए । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्ष गाईजात्रा पर्वको अवसरमा देशभरका नेवार समुदायलाई सार्वजनिक विदा दिने भएको छ । यही भदौ ७ गते परेको गाईजात्रा अवसरमा देशैभरमा नेवार समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

यसअघि गाईजात्राका अवसरमा काठमाडौं उपत्यकामा मात्र सार्वजनिक विदा दिने गरिएको थियो । यस्तै, कृष्ण जन्माष्टमीको दिन पनि सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको छ ।

यो वर्ष कृष्ण जन्माष्टमी भदौ १४ गते परेको छ । तराई मधेश द्रुत मार्गको लागि आवश्यक मकवानपुरको तालभैरव र गौरीशंकर क्षेत्रको वन हटाउन स्वीकृती दिने निर्णय पनि सरकारले गरेको छ । नेपाल टेलिभिजनको कार्यकारी अध्यक्ष रहेका महेन्द्र विष्टले दिएको राजीनामा स्वीकृत गर्ने, सहसहचिव डिल्लीप्रसाद रेग्मीलाई सचिवमा बढुवा गर्ने निर्णय समेत भएको सरकार प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय