वर्षातको समय सुरु भएसंगै बाँके, बर्दिया, कैलालीलगायतका जिल्लामा सर्पदंशका विरामीहरु बढ्न थालेका छन् । सर्पदंसका बिरामी बढ्दै गएपछि खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले पनि पछिल्लो समय सर्पदंसको उपचार सेवा दिन थालेको छ ।

कोरोनाका बेलामा भेरी अस्पतालले सर्पदंसका बिरामको उपचार गर्न नसकेपछि हेर्न नसक्ने भएपछि गत बैशाख २७ गतेदेखि खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले सर्पदंसको उपचार सेवा सुरु गरेको छ । भेरी अस्पतालमा कार्यरत रहँदा सर्पदंसको उपचारमा निकै सफल रहेका डा. कृष्णप्रसाद आचार्य हाल खजुरा क्यान्सर अस्पतालमा निर्देशक छन् । प्रारम्भिक चरणमा क्यान्सरका साथै अन्य सेवा दिँदै आएको अस्पतालमा विशेषज्ञ डाक्टर पाएका कारण सर्पदंसको सेवा पनि दिन शुरु गरेको हो । अस्पतालका निर्देशक डा. आचार्यले सेवा प्रारम्भ गरेदेखि हालसम्म ११८ जना सर्पदंसका बिरामीको सफल उपचार भएको बताए ।

बाँके र बर्दियाको केन्द्रविन्दुमा रहेको खजुराको क्यान्सर अस्पतालले शुरु गरेको सर्पदंसको उपचार सेवाबाट यस क्षेत्रका धेरै मानिसहरु लाभान्वित भएका छन् । गोमन सर्पको डसाईबाट ग्रस्त भइ अस्पतालमा उपचार गराईरहेका बारबर्दियाका सुरेश थारुले समयमै उपचार पाउँदा आफुले पुनःजीवन पाएको बताए ।

पश्चिम तराईमा गोमन (फेटारा), कमन करेत(गरैचा), रसेल्स भाइभर जस्ता विषालु सर्प पाउने गरेकाले सचेत रहन डाक्टर आचार्यको सुझाव छ । रातिको समयमा अँध्यारोमा नहिड्ने घर नजिकै काठ दाउरा लगायतका बस्तुहरुको थुप्रो नलगाउने, झाडीहरु सफा गर्ने र सुत्ने बेला झुल लगाएर सुतेमा सर्पबाट बच्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय