कुस्ती खेलाडी उपेन्द्र दास बैरागीको हत्या आरोपमा फरार रहेका एक अभियुक्तलाई आज प्रहरीले पक्राउ गरेको छ ।

२०६८ असार २३ गते गौरको जिल्ला अदालत नजिकैको सडमा कुस्ती खेलाडी प्रेमपुर गोनाही १ का ५० वर्षीय उपेन्द्र दास बैरागीको गोली हानी हत्या भएको थियो । घटनाको १० वर्ष पछि प्रेमपुर गोनाही गा.वि.स. वडा नं. ३ हाल देवाही गोनाही नगरपालिका वडा नं. ७ बस्ने जगदेव हजराको छोरा सोनफी पासवान भन्ने सोनफी हजरालाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

खेलाडी यादवलाई गोली हानी कर्तव्य गरी मारेको कर्यव्य ज्यान मुद्धमा मृतककी श्रीमती राम कुमारी देवीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सोनफी पासवान समेत भएको कर्यव्य ज्यान मुद्धमा वारदात पश्चात परार रहेका हजरालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

दश वर्ष देखी फरार रहेका हजारालाई रौतहट गौर नगरपालिका वडा नं. ५ सडक खण्डमा हिलडुल गरी रहेको अवस्थामा पक्राउ गरेको एसपी सिद्धि विक्रम शाहले बताए ।

उपेन्द्रदास बैरागी (यादव) ले सन् १९९९ नेपालमा भएको आठौं साफ खेलकुदमा कुस्ती तर्फको खेलमा देशलाई काश्य पदक दिलाएका थिए । देशको नाम राखेको भन्दै तत्कालीन प्रधानमन्त्री कृष्ण प्रसाद भण्डारी लगायत विभिन्न व्यक्ति तथा संस्थाले काठमाण्डौंमा उनको सम्मान गरेको थियो । यसै क्रममा २०५६ पौष ४ गते उनलाई गोरखादक्षिणबाहु बाट पनि सम्मानित गरिएको थियो ।

युवा तथा खेलकुद मन्त्रालयले ९ बैशाख २०७२ मा अर्थ मन्त्रालयलाई पत्राचार गर्दै मृतक खेलाडीको योगदानको कदर गर्दै परिवारको भरणपोषणको लागी नगद १० लाख दिन अर्थ मन्त्रालयको सहमति माग गरे पनि पीडित परिवारले क्षतिपूर्ती र न्याय पाँउन सकेका छैनन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय