सरकारले इजरायल जानका लागि एक हजार श्रमिकको आवेदन आह्वान गरेको छ । वैदेशिक रोजगार विभागले इजरायलको माग बमोजिम नेपालबाट लगिने हजार जना श्रमिकका लागि आज आवेदन आह्वान गरेको हो । २१ दिन भित्र आवेदन दिन सकिने विभागले जनाएको छ ।

दीर्घकालिन स्याहार केन्द्रमा सुसारे ‘केयरगिभर’को लागि आवेदन आह्वान भएको हो । इजरायल जानका लागि हवाइ टिकट, पासपोर्ट लगायतका लागि कामदारले जम्मा एक लाख ६५ हजार रुपैया मात्रै खर्च गरे पुग्ने सूचनामा उल्लेख छ । केयरगिभरमा जानका लागि उमेर २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ ।

शैक्षिक योग्यता कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सीएमएसम्बन्धी विषयमा १५ महिनाको अध्ययन पूरा गरेको वा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी सरकारबाट मान्यताप्राप्त तालिम लिएको हुनुपर्ने सूचनामा उल्लेख छ । नेपाल र इजरायल सरकारबीच बीच २०७७ असोज १४ गते नेपाली श्रमिक इजरायल पठाउने विषयमा श्रम सम्झौता सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय