गृहमन्त्री बिष्णु पौडेलले जिम्मेवारीपूर्वक नतिजामुखी काम गर्न निर्देशन दिएका छन् । शुक्रबार मन्त्रालयको कार्यभार सम्हाल्दै गृहमन्त्री पौडेलले सुरक्षा निकायका प्रमुखलाई जिम्मेवारीपूर्वक नतिजामुखी काम गर्न निर्देशन दिएका हुन् । उनले मातहतका कार्यालयको काममा हस्तक्षेप नगर्ने तर आफुलाई नतिजा चाहिने बताए । मन्त्री पौडेलले व्यक्तिगत हितको काममा आफुलाई भेट्न नआउन निर्देशन दिदै अदालतमा भएका मुद्धा र राजनीतिक परिस्थीतको प्रभाव गृह प्रशासनमा पार्न नहुने बताए ।

प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरुको जिम्मेवारीमा हेरफेर गर्दै उपप्रधानमन्त्री समेत रहेका पौडेललाई गृहसहित अर्थ, उद्योग वाणिज्य तथा आपूर्ति र जलस्रोत तथा सिंचाई गरी ५ मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय