अझै हुन सकेन तरकारीको विषादी चेकजाँज गर्ने मेशिनको व्यवस्था, आयातकर्ता मारमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

वीरगन्ज भन्सार कार्यालयमा तरकारीको विषादी चेकजाँच गर्ने मेशिन नभएको कारण आयातकर्ताहरु मर्कामा परेका छन् । भारतबाट आयातित तरकारीलाई विषादी चेकजाँच गर्न सर्लाहीको नवलपुर स्थित प्रयोगशालामा लैजाने गरेको कारण भन्सार कार्यालयमा घण्टौं घण्टा तरकारीलाई रोकेर राखेको कारण तरकारी कुहिएर नष्ट हुने गरेको जसबाट आयतकर्ता व्यापारीहरु मर्कामा पर्ने गरेको गुनासो गरेका छन् ।

भारतका विभिन्न स्थानबाट हरियो तरकारी तथा फलफुलहरु आयात गर्दा वीरगन्ज भन्सार कार्यालयमा रोकेर राखि तरकारीको नमुना संकलन गरि लगभग ९० किलोमिटर दुरि सर्लाहीको नवलपुर स्थित प्रयोगशालामा लगि परीक्षण गराउने कार्य गरिदै आएको छ । जसले गर्दा वीरगन्ज भन्सार कार्यालयमै हरियो तरकारी थन्काएर राख्दा कुहिने र गल्ने गरेको कारण व्यापारीहरु मर्कामा पर्नुका साथै बजारमा हरियो तरकारीको आयातमा समस्या हुने गरेको व्यापारीहरुको भनाई छ ।

उनीहरुले हामी हरियो तरकारी आयात गर्छौ तर चेकजाँचको नाममा दिनभरि वीरगन्ज भन्सार कार्यालयमै चर्को घाममा राख्ने गरेको कारण तरकारी सुक्ने गरेको छ जसले गर्दा हामी यहाँका नागरिकहरुलाई हरियो तरकारी दिन नसक्ने गरेको उनीहरुको भनाई छ । वीरगन्ज भन्सार कार्यालयबाट सर्लाहीको नवलपुर स्थित प्रयोगशाला पुग्न लगभग ३ घण्टा लाग्ने गरेको र त्यहाँ विषादी परीक्षण गराउन १ देखि २ घण्टा लाग्ने गरेको छ ।

भारतबाट हरियो तरकारी तथा फलफुल वीरगन्ज भन्सार हुँदै आयात गर्दा राजस्व यही तिरे जस्तै विषादी चेकजाँच गर्ने मेशिन यहाँ उपलब्ध भए सम्पूर्णलाई सहज हुने भन्दै वीरगन्ज भन्सार कार्यालयमा पनि विषादी चेकजाँच गर्ने मेशिन उपलब्ध गराउनुपर्ने उनीहरुले माग गरेका छन् । राजस्व तिर्ने देखि सम्पूर्ण कागजात यहाँ तयार हुन्छ त्यसरी नै चेकजाँच पनि यही हुनुपर्ने व्यवस्था सरकारले मिलाउनुपर्ने भन्दै त्यसो नभए सधैं यहाँका सर्वसाधारणहरु कुहिएको तरकारी खान बाध्य हुनुपर्ने उनीहरुको भनाई छ ।

यस विषयमा वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी विमल कुमार साहले विषादी चेकजाँच गर्न सर्लाही पुग्नेपर्ने कार्यले व्यापारीहरुलाई खासै मर्का नपर्ने जस्तो लागेको बताए । विगत लामो समयदेखि नै वीरगन्ज भन्सारबाट आयातित तरकारी तथा फलफुलहरुको विषादी चेकजाँच कार्य सर्लाहीको नवलपुर स्थित प्रयोगशालामै हुँदै आएकोले त्यसले खासै समस्या नहुने गरेको उनको भनाई थियो । वीरगन्ज भन्सार कार्यालयमा आएको तरकारीलाई नमुना संकलन गरेर लगि चेकजाँच गरेर आउने वित्तिकै भन्सार जाँचपास हुने गरेको बताए ।

मुलुकलाई तरकारी तथा फलफुल आयातमा आत्मनिर्भर बनाउने योजना अनुरुप पनि प्रयोगशाला भन्सार क्षेत्रदेखि टाढा राखिएको हुन्छ । नेपालबाट भारतमा आयातित विषादी सामानहरु चेकजाँच गराउन कलकत्ता अथवा उत्तरप्रदेशको राजधानी लखनउ जानुपर्ने हुन्छ । हामी उत्पादन भन्दा पनि आयातमा बढि निर्भर हुने गरेको कारण आयातलाई निरुत्साहन गर्नका लागि भएपनि प्रयोगशाला टाढा हुनु नराम्रो पक्ष भने होइन ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *