तौलमा कमी गर्ने व्यपारीलाई २ लाख जरिमाना

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

अर्घाखाँची २ कात्तिक । सन्धिखर्क नगरपालिकाले तौल कम गरि ठगी गरेको आरोपमा चुत्राबेसीका एक व्यापारीलाई दुइ लाख जरिमाना तिराएको छ । अनुगमनको क्रममा तौलमा उपभोक्तालाई ठगी गरेको भेटिएपछि २ लाख रकम जरिमाना तिराएको हो ।

सन्धिखर्क–२, चुत्रबेसीमा शिवा किराना तथा भण्डारका मालिक कपिलवस्तुका संजय कुमार कलवारले ३० किलो र २५ किलोको चामलको बोरामा १ किलो घटाएर बेचेको गुनासो आएपछी सन्धिखर्क नगरपालिकाले अनुगमन गरेको थियो ।
अनुगमन टोलीले उपभोक्तालाई ठगेको भेटाएपछि उपभोक्संता सम्रक्षण ऐन २०७५ बमोजिम दुई लाख पाँचसय जरिवाना तिराएको अनुगमन टोलीका संयोजक जिवनारायण आचार्यले जानकारी दिए । कलवारले सन्धिखर्कका विभिन्न पसलहरुमा राम चामल, ब्ल्याकबेरी चामल र कैलाशी चामलमा १ किलो घटाएर चार सय पच्चीस बोरा चामल बेचेको स्विकार गरेपछि निजलाई दुई लाख पाँचसय जरिवाना तिराएको सन्धिखर्क नगरपालिकाले बताएको छ ।
यस्तै सन्धिखर्क नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ, उपभोक्ता संरक्षण समिती लगायतको टोलीले दशैंको समयमा अनुगमन गरेर बरामत गरेका म्याद गुज्रेका आटा, चामल, बिस्कुट, भुजा, तेल, सुजी र चाउचाउ समेत गरी ३० हजार मुल्य बराबरको समान शुक्रवार नष्ट गरेको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *