काठमाडौं । संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको स्मृतिमा नेकपा एमालेले आज विचार गोष्ठी गर्ने भएको छ । ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक गोष्ठीमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु अतिथि वक्ताका रुपमा आउने एमालेले जनाएको छ । तुलसीलाल स्मृति प्रतिष्ठानको सभाहल च्यासलमा दिउँसो साढे १२ बजेदेखि सुरु हुने विचार गोष्ठीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । अन्य ६ प्रदेशमा हुने गोष्ठीमा पार्टीका उपाध्यक्षहरू सहभागी हुने बताइएको छ ।

विचार गोष्ठीमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पूर्वसभामुख ओनसरी घर्ती, नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला सहभागी हुने यत भइसकेको नेकपा एमालेले जानकारी दिएको छ । यस्तै, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छे, संविधानविद् निलाम्वर आचार्य पनि उपस्थित हुने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय