सप्तरीमा वडाध्यक्षको निधन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रासस – सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष गोविन्दसिंह थापा मगरको आज ५४ वर्षका उमेरमा निधन भएको छ ।

केही महिनादेखि बिरामी मगरलाई उपचारका लागि धरान लैजाँदै गर्दा बाटामा नै मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन् ।

सार्वजनिक जग्गामा घर बनाएको विरोधमा स्थानीयवासीले अवरोध गरेपछि मगर केही महिनादेखि निकै तनावमा रहेका थिए । उनी गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्षमा ५६६ मत ल्याएर निर्वाचित भएका थिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *