प्रधानमन्त्री ओलीकै संरक्षणमा भ्रष्ट्राचार मौलाइरहेको कांग्रेस नेताहरुको निश्कर्ष

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काडमाडौं –  नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव पूर्वमन्त्री नविन्द्रराज जोशीले सरकारले प्रधानमन्त्री केपी ओलीको समर्थनमा आएकाहरुलाई जयजयकार गरेर कुलमान घिसिङको समर्थनमा प्रदर्शन गर्नेहरुमाथि दमनको नीति लिनु नालायकीपन भएको बताएका छन् ।

गणेशमान सिंह स्मृति प्रतिष्ठानको आयोजनामा शनिबार भएको ‘संविधान, लोकतान्त्रीक पद्धति र सरकारको कार्यशैली’ विषयक भर्चुअल कार्यक्रमलाई संवोधन गर्दै यस्तो बताएका हुन् ।

कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणमा पूनः नियुक्तको माग गर्दै माइतिघर पुगेका प्रदर्शनकारी र अस्पतालका विरामी कुरुवामाथि प्रहरीले अमानविय तवरले आक्रमण गर्नु सरकारले आफुलाइ कमजोर सावित गरेको दावि गरे । लोकतन्त्रमा जो कोहिले विरोध र समर्थन गर्न पाउने बताउँदै उनले त्यस्तो कार्य तत्काल बन्द गर्न सरकारलाई चेतावनी दिए ।

जोशीले संविधानको मर्म र भावनामाथि सरकारले बारम्बार प्रहार भइरहेको भन्दै त्यसको रक्षार्थका लागि कांग्रेस जाग्नुपर्ने बेला आएको बताए । सरकार अधिनायकवाद तर्फ अगाडि बढि सकेको विषय प्रधानमन्त्री केपी ओलीको कार्यशैलीबाट नै प्रमानित हुने उनले जिकिर गरे ।
जोशीले भने, ‘भ्रष्ट्राचारमा शुन्य सहनशिल्ता ल्याउछु भन्ने प्रधानमन्त्री ओली आफैले भ्रष्ट्राचारीहरुलाई संरक्षण दिइरहेको छ । ट्रान्सपरेन्सी इन्रनेशनको रिपोर्टले पनि त्यहि भनेको छ । त्यसैले ओलीकै संरक्षणमा भ्रष्ट्राचार मौलाइरहेको छ’ ।

‘आज संसद प्रति सरकार उत्तरदायी हुनुपर्ने अवस्थामा सरकार प्रति संसद उत्तरदायी हुनुपर्ने अवस्था सिर्जना भएको छ’ उनले भने । ‘संसदलाई जतिखेर पनि मनलाग्दी तवरबाट स्थगित गरिएको छ, कोभिड १९ प्रति गैर जिम्मेवार रुपमा सरकार प्रश्तुत भइरहेको उनको भनाइ छ ।

विश्व नै कोरोनाको महामारीमा फसिरहेका बेला सरकारले यसको नियन्त्रणका लागि विज्ञ, नागरिक समाज, डाक्टर र कुनैपनि विद्वानहरुसँग परामर्श नै गर्न नचाहको बताए । त्यसैको परिणाम स्वरुप कोरोना महामारीले भयावह रुप लिएको जोशीले बताए ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पुष्पा भुषालले संविधानलाई निःर्शत पालना गर्नमा सरकार चुकेको बताइन् । भूषालले संविधानवादलाई कमजोर पारेर आफु अनुकुल केन्द्रीकृत शासन प्रणाली तर्फ सरकार उन्मूख भएको उनको आरोप छ । ओलीको शासन प्रणालीबाट समृद्ध देशको कल्पना गरेको खण्डमा इतिहासको ठुलो भूले हुने भूषालले दोहोर्याइन् ।

प्राध्यापक एंव राजनीतिक विश्लेषक लोकराज बरालले सरकारले प्रतिपक्ष कमजोर रहेको फाइदा उठाइरहेको दावि गरे । सरकारको कमजोरीलाई प्रतिपक्षले खवरदारी गर्न नसक्दा र प्रतिपक्ष सँग जनता आकर्षणका लागि कुनै पनि एजेण्डा नहुँदा आज लोकतन्त्रमाथि नै खतरामा परेको जिकिर गरे ।

संविधानमा लेखिएका कुराहरु मध्य दश प्रतिशत मात्र अक्षरंश पालन गरेको खण्डमा मुलुकमा ठुलो परिवर्तन आउने बरालले दावि गरे । संविधानलाई कुल्चेर आर्थिक, सामाजिक राजनीतिक परिवर्तन संगै विधिको शासनको कल्पना गर्नु व्यर्थ भएको उनको भनाइ छ ।

वरिष्ठ पत्रकार प्रतिक प्रधानले संविधान सरकार संविधानको हित विपरित अगाडि बढिरहेको दावि गरे । प्रधानले भने, ‘ सरकारले बहुमतका आधारमा विद्ययकहरु पारित गर्दै गएको छ संघीयतालाई कमजोर बनाउँदै एकात्मक केन्द्रीकृत शासन प्रणाली लागु गर्न खोजिएको छ, यो विधिको शासन माथिको उपाहास हो, अधिनायक बाद हो’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *