Creative Youth Clubको खुला हाजिरिजवाफ प्रतियोगिता सम्पन्न

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रकाश अर्याल -भिरकोट स्याङ्जा
मानव जिबनमा सबैभन्दा सिर्जनशिल, गतिशील, सिक्न चाहने र गर्न सक्ने समय युवा अबस्था नै हो भन्ने भनाइलाइ आत्मसात गर्दै मिति २०७७-०५-२० गतेका दिन Creative Youth Club न पा ५ द्वारा आयोजित खुला हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भयको छ । उक्त कार्यक्रममा स्थानीय ६ टिम समाबेश भएका थिए ।


उक्त कार्यक्रमका सभापती श्री संगम थापा हुनुहुन्थ्यो भने कार्यक्रम संचालक श्री दिनेश अर्यालले गर्नुभएको थियो। स्वागत मन्तब्य दिदैँ श्री प्रकाश अर्यालले येस्तो विषम परिस्थितिमा बालबालिकाको पढ्ने बानीको बिकास होस र किताबी ज्ञान मात्रै नभइ सामान्य ज्ञानको पनि आबस्यक पर्ने हुँदा बालबालिकाको सिर्जनशिल क्षमता बिकास गर्दै उक्त कार्यक्रम संचालन गरिएको हो भन्दै समआदरणीय बुवाआमा, दाजुभाइ, दिदीबहिनी र सम्पुर्ण विद्यार्थीलाई स्वागत गर्नुभएको थियो ।

युवाहरू परिवर्तनका सम्बाहक हुन र समाज परिवर्तनका आधार हुन भन्ने भनाइलाई प्रयोगात्मक शैलीमा उजागर गर्नुपर्छ र युवाले नै समाजको परिवर्तन गर्न सक्छन र उक्त कार्यक्रम सब्य र भब्य रुपमा सफल होस भन्दै समाजसेवी अमृत अर्यालले र सागर थापाले शुभकामना मन्तब्य दिनुभएको थियो ।
उक्त कार्यक्रममा समाजका समाजसेवी , लब्ध प्रतिष्ठित ब्याक्तीत्वहरुको पनि उपस्थिति रहेको थियोे।उक्त कार्यक्रमको प्रथम स्थान हाँसिल गर्ने विद्यार्थीहरु: सृष्टि थापा,बिमल अर्याल ,परि थापा, सभ्यता तिवारी,सम्पुर्ण सहभागी भाइबहिनीहरुलाइ बधाई र उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै संगम थापाले कार्यक्रमको समापन गर्नुभएको थियो।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *