नेपाली साहित्यमा योगदान पुर्याउने श्रष्टाहरु सम्मानीत

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सरकारले नेपाली साहित्यमा योगदान पुर्याउने श्रष्टाहरुलाई विभिन्न राष्ट्रिय तथा प्रादेशिक पुरस्कारबाट सम्मान गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार पुरस्कार समर्पण कार्यक्रमको आयोजना गरी विभिन्न श्रष्टालाई सम्मान गरेको हो । पर्यटनमन्त्री योगेशकुमार भट्टराईले श्रष्टा तथा व्यक्तित्वहरुलाई पुरस्कार समर्पण गराई सम्मान गरेका थिए ।

पुष्पलाल राष्ट्रिय पुरस्कार २०७६, महाकवि देवकोटा राष्ट्रिय पुरस्कार २०७६, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार २०७६, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार २०७६ बाट विभिन्न श्रष्टा तथा व्यक्तित्वलाई सम्मान गरिएको हो । कार्यक्रममा मन्त्री भट्टराईले विभिन्न श्रष्टाहरुको योगदानलाई कदर गर्दै स्थापना भएको पुरस्कार विभिन्न श्रष्टा तथा व्यक्तित्वहरुलाई प्रदान गरिएको बताए।

मन्त्री भट्टराईले जातजाति, संस्कृति, रीतिरिवाज, भाषा साहित्यलाई एकैठाउँमा राख्ने गरी काठमाडौँको कीर्तिपुरमा राष्ट्रिय सङ्ग्रहालय बनाउनेसमेत बताए । सबै पुरस्कारको राशि राष्ट्रिय तथा संस्थागततर्फ रु एक लाख र प्रादेशिकतर्फ रु ५० हजार रहेको मन्त्रालयले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *