लमजुङमा पहिरोले घर पुरिँदा एकै परिवारका तीनको ज्यान गयो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

भारीवर्षापछि आएको पहिरोले घर पुरिदा लम्जुङमा एकै परिवारको तीनजनाले ज्यान गुमाएकाछन् । रातको समयमा आएको पहिरो पुरिदा उनीहरुको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । देशभर मनसुनी वायु सक्रिय रहँदा विहानैदेखि मुलुकका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सातै प्रदेशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम र केही ठाउँमा भारी वर्षा भैरहेको छ ।
कञ्चनपुरको शान्तिपुर, बेलौरी र आसपासमा भारी वर्षा भैरहेको छ । कञ्चनपुर भइ बहने साना नदीमा बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरिएको छ ।

त्यस्तै बर्दियाको गुलरिया, बाँकेको कोहलपुर, नेपालगञ्ज, दाङको दक्षिणी भाग, नवलपरासीको परासी, बर्दघाट, डण्डा बजार र आसपासमा भारी वर्षा भएकाले डुबानको जोखिम र साना नदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह गरिएको छ ।कास्कीको पोखरा आसपास ठूलो पानी परेको छ । नारायणी नदीमा बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

चितवनको माडी क्षेत्रको बनकट्टा, कल्याणपुर र आसपासमा जोखिम छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी, पहिरो र डुबानको जोखिम बढेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *