•  
  •  
  •  
  •  
  •  
  •  
  •  

भैरहवा -संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री योगेश भट्टराईले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको कार्य प्रगतिबारे जानकारी लिएका छन्।

  1. नागरिक उड्ड्यन प्राधिकरणका पदाधिकारीसहित सोमबार अनुगमनमा पुगेका मन्त्री भट्टराईले स्थलगत निरीक्षणपछि विमानस्थल निर्माण कार्यले गति लिँदै गएको बताए। राष्ट्रिय गौरवको आयोजनामा परेको विमानस्थलको निर्माण कार्यले पछिल्लो समय गती लिएको उनले बताएका हुन्। आयोजनाको काम अन्तिम अवस्थामा पुग्दै गर्दा नयाँ- नयाँ समस्याहरू देखापर्दै जाने भन्दै उनले त्यसलाई समयतालिका बनाएर समाधान गरिने बताए।

आगामी कार्ययोजनाका बारेमा छलफल गरी समयतालिकासहितको योजना निर्माण गरिएको उनले बताए। विमानस्थलस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले आयोजनाका विविध पक्षबारेमा जानकारी गराएका थिए।

नवामीका दिन पनि काम भएकोमा खुसी मन्त्री भट्टराइले लुम्बिनीमा निर्माणाधीन अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फरेन्स तथा मेडिटेशन हलको पनि निरीक्षण गरेका छन्। निर्माण कार्यको स्थलगत अलोकनका क्रममा दशैंको नवमीमाका दिन पनि १०० जनाभन्दा बढी श्रमिकहरू काममा व्यस्त रहेको देखेका भट्टराईले सबै क्षेत्रमा यसरी नै काम हुनसके देश बन्न धेरै समय नलाग्ने बताए।

एकसाथ ५ हजार मानिसले मेडिटेशन गर्न मिल्ने हल आउने बुद्ध जयन्तीमा सञ्चालनमा ल्याउने लक्षका साथ निर्माण भइरहेको छ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *