नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो भविष्य अन्धकार देखेपछि काँग्रेस र माओवादी केन्द्रले एमालेको बिरोध गरेको टिप्पणी गरेका छन् । नेकपा एमाले मधेस प्रदेशको पहिलो अधिवेशनको बुधबार उदघाटन अध्यक्ष ओलीले एमालेको लोकप्रियताले माओवादी र काँग्रेस आत्तिएर विरोध गरेको टिप्पणी गरेका हुन् । उनले देशलाई विकासको बाटोमा लैजानसक्ने एउटै मात्र पार्टी एमाले भएको दाबी समेत गरे । अध्यक्ष ओलीले माओवादी र काँग्रेस नसच्चिएसम्म देशमा दुई पार्टीको भविष्य नरहेको बताए ।

अध्यक्ष ओलीले युवाहरुमा देशमा केही हुन्छ भन्ने आशा सकिँदै गएको बताए । उनले २०८४ को निर्वाचनका लागि अहिलेदेखि नै तयारीमा जुट्न नेता कार्यकर्ताहरुलाई निर्देशन समेत दिए । मधेसमा समेत एकल बहुमतको सरकार बनाउनका लागि आगामी निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी ६० सिट जित्नेगरी तयारीमा लाग्न कार्यकर्ताहरुलाई आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय