काठमाडौं । १९औँ एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई २ सय १३ रनको चुनौति पेश गरेको छ ।

चीनको झिजियाङ क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै २ सय १२ रन बनायो । कप्तान रोहित पौडेलले २६ बलमा ५२ रन बनाउँदै अर्धशतक पूरा गरे । गुल्सन झा र कुशल भुर्तेलले समान ३५ रन बनाउँदा कुशल मल्ल ४७ रनमा नटआउट रहे ।

माल्दिभ्समाथि जीत हात पार्दै नेपालको क्वाटरफाइनलमा स्थान बनाउने योजना छ । क्वाटरफाइनलमा प्रवेश गर्ने टोलीले अघिल्लो चरणमा भारत, पकिस्तान, बंगलादेश, श्रीलंका वा अफगानिस्तानमध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

साथै एसियाडमै नेपालले आर्चरी, स्क्वास र एथ्लेटिक्समा प्रतिस्पर्धा गर्दैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय