राष्ट्रिय प्रजातन्त्र पार्टीले चन्द्रागिरि नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । बर्तमान अवस्थामा मुलुक भरि देखिएको चरम अब्यस्था,महंगी, सिसावट आदिबाट मुलुक र मुलुकवासी आक्रान्त भएको भन्दै नगरपालिकालाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा नेगरपालिका छेत्र भित्र स्थानीय सरकार रंचालन एन २०७४ को दफा (११ )(२) घ, झ (५)ञ (१) (५ ) (९) (११)  र (१४) अनुसार नगरपालिकालाई अधिकार प्राप्त भएको हुदाँ उत्तत अधिकार प्रयोग गरि आसन्न हिन्दुहरुको महान चाड बडादशैं, तिहार, नेपाल सम्बत, छठ जस्ता चाड पर्वहरुमा कृतिम अभाव, कहालीलाग्दो मूल्य वृद्धि, कालो बजारी, खाद्य पदार्थमा मिसावट जस्ता अवान्छित कुराहरु अबिलम्ब नियन्ज्ञण गरि नेपाली जनताहरुलाई राहत महसुस गराउने कार्य तत्काल कार्यान्वयन गर्न राप्रपा चन्द्रागिरि कार्यसमिति जोडदार माग गर्दछ भनिएको छ, साथै निम्न अनुसार मागहरु तत्काल सम्बोधन गर्न समेत माग गरिएको छ । मागहरु यसप्रकार रहेकाछन् –

१ यस नगरपालिकाले नगर भित्र संचालन गरिएका योजनाहरु पारदर्शी गरि सबै जनतालाई जानकारी गर्ने कार्य गरियोस
२ नगरमा स–शुल्क पाकिंङको व्यवस्था र शान्ति सुरक्षाको भरपर्दो उपाएहरु अबिलम्ब गर
३ तिज कार्यक्रमको लागि छुट्टाएको रु ३०,००,००० रकमको बारेमा स्पस्ट पारियोस
४ कृषकलार्य समयमै मल, बिउ, बिजन उपलब्ध गराई बिचौलिया रहित बिक्रि केन्द्र स्थापना गरियोस ।
५ नगरपालिकाभित्र छुटाएको बजेट पारदर्शीता सहितको सम्बन्ेिधत स्थानीय टोलमा छलफल गरि उपभोक्ता समिति गठन गरियोस र दलगत भागवण्डा नहोस ।
६ सार्वजनिक सौचालय र धारा हरेक वडामा निर्माण गरियोस ।
७ सार्वजनिक सम्पत्ति जग्गा मठ, मन्दिरको संरक्षण गरियोस ।
८ हरेक वडामा सरसफाई र ढलको व्यवस्था गरियोस ।
९ प्रत्यक वडामा भएको भ्रस्टाचार छानविन गरि दोषीलाई कारवाही गरियोस ।
१० काठमान्डौ नाकाबाट सवारी छिर्दा नगरपालिकाको स्वामित्वमा पानीको फोहोरा हानि सफा गर्ने व्यवस्था गरियोस ।
११ धार्मिक हिसावले पहिले तिर्थस्थल– विष्णु भगवानको पहिलो अवतार मच्छे अवतार मच्छेनारायण मन्दिर लाई संरक्षण गर्नको लागि मच्छेनारायण छेत्र बिस्तार कोष गठन गर्न केन्द्र स्तरमा पहल गरियोस ।
१२ धार्मिक तथा साहसी पर्यटन लाई प्रवर्दन गरि स्व–रोजगार सृजना गरियोस ।
१३ खेलाडी लाई उचित प्रोत्साहन गरि खेल प्रवर्दन गरियोस ।
१४ बलाम्बुको खानेपानीको समस्या तत्काल समाधान गरियोस ।
१५ सुरुगं मार्गले निम्त्याएको समस्या समाधान गरि बिस्थापितहरुलाई उचित क्षतिपूर्तिको व्यस्था गर्ने लगाएतका मागहरु रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय