राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल बीच भेटवार्ता भएको छ । संसद्को अधिवेशन बोलाउनेलगायत विषयमा छलफल गर्न प्रधानमन्त्री दाहाल राष्ट्रपति निवास पुगेका हुन । भेटमा सरकारले पछिल्लो समय गरेका निर्णयहरुकोबारे राष्ट्रपतिलाई प्रधानमन्त्री दाहालले जानकारी गराएका छन ।

भेटमा राष्ट्रपति पौडेलले पछिल्लो समय सरकारका कामबारे निरन्तर चासो राखेका छन । भुकम्प पीडितको अस्थायी आवास निर्माणमा भएको ढिलाइ लगायतमा समेत राष्ट्रपतिले चासो राखेको बताइएको छ । त्यस्तै राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारीका विषयमा पनि उनले प्रधानमन्त्री दाहालसँग कुराकानी गरेका छन । भेटमा प्रधानमन्त्री दाहालले सरकारले एक बर्ष पूरा गरेको अबसरमा देशबासीको नाममा विशेष सम्बोधन गर्न लागेको पनि जानकारी गराएका छन । दाहाल प्रधानमन्त्री नियुक्त भएको आगामी मंगलबार एक वर्ष पूरा हुँदैछ । त्यही अवसरमा प्रधानमन्त्री दाहालले देशबासीको नाममा सम्बोधन गर्ने तयारी छ ।

यसैविच प्रधानमन्त्री दाहालले संसदको हिउँदे अधिवेशन आह्वानका लागि संसदमा रहेका दलहरुसँग छलफल गर्ने भएका छन् । उनले प्रमुख प्रतिपक्षी दलसहित संसदका रहेका सबै दलसँग परामर्श गर्ने तयारी गरेका हुन । संसद्को हिउँदे अधिवेशन जतिसक्दो चाँडो बोलाएर महत्त्वपूर्ण विधेयकहरु अघि बढाउने सरकारको तयारी छ । सरकारल सत्य निरुपण तथा बेपत्ता, संघीय निजामती सेवा ऐन, संघीय प्रहरी ऐन लगायतका विधेयक चाँडो संसदबाट अनुमोदन गराउने तयारी गरेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय