दुर्गा प्रसाईको झापा स्थीत वीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएको छ । सर्वोच्च अदालतको आदेशले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई राहत मिलेको छ । झापाको बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेजको सम्पूर्ण भौतिक संरचना निर्माण भएपनि पठनपाठनका लागि सम्बन्धन नपाएका प्रसाईंलाई सर्वोच्च अदालतको पछिल्लो आदेशले राहत मिलेको हो । सर्वोच्च अदालतले बुधबार प्रसाईंको अर्बौँ लगानी भइसकेको मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो। न्यायाधीशहरू डा।कुमार चुडाँल र सारङ्गा सुवेदीको संयुक्त इजलासले प्रक्रिया पुगेको भए बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन नरोक्न आदेश जारी गरेको हो। सोमबार आदेश जारी भएपनि फैसला विस्तृत विवरण आइसकेको छैन ।

सबै पूर्वाधार तयार गर्दा पनि आफ्नो मेडिकल कलेजले सम्बन्धन नपाएको भन्दै प्रसाईले काठमाडौँ विश्वविद्यालय, चिकित्सा शिक्षा आयोग लगायतका निकायलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । प्रसाईंले मेडिकल कलेज सञ्चालन गर्न नदिएको भन्दै केही समयअघि सबै भौतिक संरचना भत्काइदिने चेतावनी समेत दिएका थिए । उनले सोही मेडिकल सञ्चालनका लागि बैंकहरुबाट अर्बौँ ऋण लिएको बताइन्छ । यस्तै पछिल्लो समय प्रसाईंले राष्ट्र,राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानको नाममा बैंक र लघुवित्तविरुद्ध अभियान चलाउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय