पूर्वराजा ज्ञानेन्द्र शाहले आज झापाको बिर्तामोडमा पृथ्वीनारायण शाहको शालिक अनावरण गर्दैछन । दिउसो दुई बजेपछि पूर्व राजा शाहले बिर्तामोड पञ्चकन्यास्थित इकम कलेजको उद्घाटन तथा पृथ्वी नारायण शाहको सालिक पूर्वराजाले अनावरण गर्ने भएका हुन । सो क्रममा पूर्वराजाले विशेष सम्बोधन गर्ने बताइएको छ ।

कार्यक्रमका क्रममा राजावादीहरूले शक्ति प्रदर्शन समेत गर्न लागेका छन् । धुलाबारी नजिकै निन्जाखोलाको पुल वारीबाट विशाल मोटरसाइकल र्यालीको तयारी गरिएको छ । आज आठ हजार मोटरसाइकल ¥याली र कम्तीमा ३० हजार समर्थकलाई उतार्ने राप्रपाले जनाएको छ ।

पूर्वराजा नागरिकको स्वागत अभिनन्दन पछि इकम कलेज पुग्ने छन् । त्यहाँ पृथ्वीनारायण शाहको शालिक अनावरण गर्ने कार्यक्रम छ । पूर्वराजाले स्थानीय बुद्धिजिवी र नेताहरुसँग भेटघाट र भलाकुसारी गर्ने कार्यक्रम पनि छ । झापामा पूर्वराजाको भ्रमण सफल र भव्य बनाउन राप्रपाले सबै तयारी गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन डेढ सातादेखि झापामै बसेर भ्रमणको तयारी गरिरहेका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय