चितवन । २८ घण्टा लगाएर पहिरो पन्छाएसँगै अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्डमा पुनः पहिरो खसेको छ । यही स्थानमा बिहीबार साढे १ बजेदेखि अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजे देखिमात्र संचालनमा आएको थियो ।

पहिरो पन्छाएर संचालनमा आएको उक्त सडकखण्डमा पुनः पहिरो खस्दा सडक अवरुद्ध हुन पुगेको हो । पहिरो इच्छाकामना गाउँपालिका–५ तीन किलो भन्ने स्थानमा आज बिहान खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पहिरोले सडक अवरुद्ध भएपछि सवारी साधन र यात्रु बीचबाटोमै अलपत्र परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय