काठमाडौं महानगरपालिकाले अबदेखि सवारी साधनको वायु प्रदूषण चेकजाँच गर्ने र मापदण्ड विपरीत गुड्नेलाई कारबाही गर्ने भएको छ । महानगरपालिकाले आज सवारी साधानबाट उत्सर्जन हुने वायु प्रदूषणसम्बन्धी एक सूचना जारी गर्दै महानगरको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ को दफा ५२ को उपदफा ४ मा व्यवस्था अनुसार मापदण्ड विपरीत कार्य गर्न बन्देज लगाई तीन लाख रुपैयाँसम्म जरिवाना गरी दुई महिनाभित्र मापदण्ड बमोजिमको कार्य गर्न आदेश दिने जनाएको छ ।

साथै सूचनामा आदेश बमोजिम कार्य नभएमा सोही उपदफा बमोजिम गरिएको जरिवानाको तेब्बर जरिवाना गराउने उल्लेख छ । महानगरले सर्वसाधारणलाई काठमाडौं महानगरपालिका क्षेत्र भएर चल्ने सवारी साधनबाट जथाभावी धुँवाजन्य प्रदूषण उत्सर्जन भएका सवारी साधनहरुको बारेमा प्रमाणसहितको सूचना महानगरपालिकालाई जानकारी गराउन आग्रह गरेको छ । महानगरपालिका क्षेत्र भएर चल्ने सवारी साधनबाट सरकारले तोकेको मापदण्डभन्दा बढी धुँवाजन्य प्रदूषण उत्सर्जन भएको भनी व्यापक जनगुनासो आएको जनाउँदै महानगरले सडकमा सञ्चालन भइरहेको सवारी साधनको धुँवा निष्कासनको अत्यन्तै दयनीय अवस्था देखिन आएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय