९ जना बैंक कर्मचारीहरु सहित २१ जनामा कोरोना

सदरमुकाम तौलिहवामा ९ जना बैंक कर्मचारी सहित २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्यि जनस्वास्थ्य प्रयोगशाला टेकुकमा गरिएको स्वाब परीक्षणको रिर्पोट अनुसार ९ जना बैंक कर्मचारी, ३ जना गैससकर्मी, २ जना शिक्षक, २ जना स्वास्थ्यकर्मी, २ जना मेडिकल संचालक र १ जना सुरक्षाकर्मीमा संक्रमण देखिएको हो ।
ग्लोबल आईएमई बैंक, मेगा बैंक, लक्ष्मी बैंक, कृषि विकास बैंक, गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाईनान्सका कर्मचारीहरुमा संक्रमण देखिए पछि सो वित्तिय संस्थाहरु आजबाट अर्को सूचना प्रकाशित नहुन्जेल सम्मका लागि बन्द गरिएका छन् ।
बैंक कर्मचारीहरुमा गरिएको यो नमूना परीक्षण मात्र रहेको स्वास्थ्य कार्यालयले बताएको छ । संक्रमित भेटिएका बैंक कर्मचारी कार्यरत वित्तिय संस्था र उनको घर परिवारलाई समेत अब कोरोना परीक्षण गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।