८ लाख रुपैयाँ सहित पाँच जना जुवाको खालबाट पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

पछिल्लो समय देशभरबाट प्रहरीले जुवाडेहरुलाई पक्राउ गर्ने क्रम बडेको छ । त्यसैक्रममा प्रहरीले जुवा खेली रहेको अवस्थामा पाँच जनालाई मोरङको केराबारीबाट पक्राउ गरेको छ।

शनिवार मोरङ केराबारी गाउँपालिका वडा नम्बर ६ बस्ने भूपेन्द्र भट्टराईको घरमा जुवा तास खेलीरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

एक नम्बर प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त टोलीले केराबारी गाउँपालिका वडा नम्बर ६ का भूपेन्द्र भट्टराई, बोधराज मगर, अरुण केसी,हरि खत्री र शैलेस भुजेललाई नियन्त्रणमा लिएको हो ।

उनीहरूको साथबाट ८ लाख उन्नब्बे हजार दुई सय ५० रुपैयाँ समेत बरामद गरेको प्रहरीले जानकी दिएको छ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *