८ प्रहरीको हत्या आरोपित भारतीय ग्याङस्टार विकास दुबे फिल्मी शैलीमा मारिए

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भारतका ग्याङस्टार विकास दुबे शुक्रबार फिल्मी शैलीमा मारिएका छन् । प्रहरीले उनलाई लिएर कानपुर जाँदै गर्दा बिहान एसटीएफको गाडी दुर्घटनामा उनको मृत्यु भएको बताइएको छ ।

तर समाचारमा जनाइए अनुसार गाडी दुर्घटनापछि प्रहरीको पेस्तोल खोसेर भाग्न खोजेको भन्दै जवाफी कार्वाहीमा उनको मृत्यु भएको हो ।उनी आठ जना पुलिसको हत्या गरी फरार रहेका थिए । भारतीय संचार माध्यमहरुले जनाए अनुसार प्रहरीले दुबेलाई ६ दिनदेखि खोजी गरिरहेको थियो ।

दुबेलाई प्रहरीले बिहीबार उज्जैनको महाकाल मन्दिरबाट गिरफ्तार गरेको थियो ।उनी विहिबार मात्रै पक्राउ परेकाथिए । भारतमा ८ प्रहरीलाई गोलीहानी मारेका दुबे नेपालतीर लुकेर बसेकोहुन सक्ने भन्दै भारतीय प्रहरी नेपालगञ्ज सम्म खोज्न आएको शुत्रले बताएको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *