८ प्रहरीको ह,त्याका अभियुक्त विकास दुबे प,क्राउ

भारतको कानपुरमा ८ प्रहरीको हत्याका अभियुक्त विकास दुबे अन्तत पक्राउ परेका छन् ।
मध्यप्रदेशका गृहमन्त्रीले दुबे पक्राउ परेको पुष्टि गरेका छन् ।
दुबे मध्यप्रदेशको उज्जैनस्थित महाकाल मन्दिरबाट गिरफ्तार भएको भारतीय मिडियाहरुले बताएका छन् ।कानपुरको विकरु गाउमा उनलाई समात्न गएका प्रहरीमाथि अन्धाधुन्ध गोलि प्रहार गरेर आठ प्रहरीको ज्यान लिएको आरोप दुबेलाई लागेको छ । त्यसपछि उनी फरार रहेका थिए ।
विकासले राजनीतिक संरक्षणमा अनेकौं गैरकानुनी काम गर्दै आएको भारतीय मिडियाहरुले बताएका छन् । भारतीय मिडियाहरुले दुबे भारतबाट भागेर नेपालमा लुकेको हुनसक्ने भन्दै समाचार प्रसारण गर्दै आएपनी उनी भारतबाटै पक्राउ पर्दा भारतीय मिडियाले फैलाउने अफवाह फेरि सतहमा आउको छ ।
(Visited 1 times, 1 visits today)