८२ बर्षे बुढेसकालमा सम्बन्ध बिच्छेद

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

जिल्ला अदालत अर्घाखाँचीमा एक ८२ बर्षिय बृद्धले आफुनी श्रीमती संग सम्बन्ध बिच्छेद गरेका छन ।

भुमिकास्थान नगरपालिका वडा नम्वर ७ नुवाकोट कवेली पोखरा निवासी ८२ बर्षिय इश्वरि प्रसाद खनालले आफ्नी ५३ बर्षिय कमला खनाल संग सम्बन्ध बिच्छेद गरेका हुन । २०५६ सालको असार १७ गते खनालले हालको पाणिनि गाउँपालिका साविकको पाली गाविस निवासी कमला आचार्य संग दोस्रो विवाह गरेका थिए । पहिलेकि श्रीमती घरमा भएपनि छोरा नभएको भन्दै उनले घरकाको राजी खुशीमै दोस्रो विवाह गरेका थिए ।

छत्रदेव गाउँपालिका वडा नम्वर ४ केरुंगा निवासी ६५ बर्षिय जगलाल न्यौपानेले सोमबार आफ्नी ३८ बर्षिय श्रीमती तुलसा न्यौपाने संग सम्बन्ध विच्छेद गरेका थिए । २०५६ सालमा मागी विवाह गरेका उनले विवाह भएको २० बर्षिपछि उनीहरुले जिल्ला अदालतमा आए सम्बन्ध विच्छेद गरेका जिल्ला अदालतका श्रेस्तेदार गम्भीर घिमिरेले बताए । उनीहरु मात्र हैन अर्घाखाँचीमा सम्बन्ध विच्छेद गर्ने जोडीका संखया बढि रहेको छ । यस आर्थिक बर्ष अर्थात साउन देखि यता ५४ जोडीले सम्बन्ध विच्छेदको मुद्धा दर्ता गरेका छन ।

सम्बन्ध बिच्छेद गर्नेमा ८० प्रतिशत भन्दा बढि ३० बर्ष मुनीका रहेका छन । अर्घाखाँची जिल्ला अदालतमा दर्ता भएका मुद्धाहरु मध्ये सबै भन्दा बढी सम्बन्ध बिच्छेदका रहेका छन । गत आर्थिक बर्षमा जिल्ला अदालत अर्घाखाँचीमा १ सय ३८ वटा मुद्धा सम्बन्ध बिच्छेदका रहेको जिल्ला अदालतका सूचना अधिकारी टेकराज गैरेले बताए । उनले भने अदालतमा आएका मुद्धा मध्ये अधिकांस मुद्धा सम्बन्ध बिच्छेदका रहेका छन । गएको कात्तिक महिनामा मात्र १४ जोडीले सम्बन्ध विच्छेद गरेका थिए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *