७४ करोडमा निर्मित ३२ वटा पुलको एकैसाथ उद्घाटन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

भौतिक पूर्वाधार विकास मन्त्रालय वागमती प्रदेश सरकारले निर्माण गरेको ३२ वटा पुलको प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले एकैसाथ उद्घाटन गरेका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयमा एक कार्यक्रमका बीच बुधबार पानसमा बत्ति बालेर निर्माण सम्पन्न भएका पक्की पुलहरु उद्घाटन गरिएको हो ।

मकवानपुरको कैलाश गाउँपालिकास्थित दुवोखोला पक्की पुलसँगै एकसाथ ३२ वटा पक्की पुल उद्घाट गरिएको हो । पुल उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारका कामहरु बिस्तारै देखिने चरणमा रहेकोले ५ वर्षको अवधिमा जनस्तरमा प्रदेश सरकारको दरिलो उपस्थिती देखिने बताए । साथै समय र खर्च कटौती गर्न निर्माण सम्पन्न भएका सबै पुलको एकैसाथ फरक ढंगले उद्घाटन गरिएको उनको भनाई थियो ।

पूर्बाधार विकास कार्यालय ललितपुरले ६ वटा, पूर्बाधार विकास कार्यालय काभ्रेले ६ वटा, पूर्बाधार विकास कार्यालय चितवनले ५ वटा, पूर्बाधार विकास कार्यालय नुवाकोटले ४ वटा, पूर्बाधार विकास कार्यालय सिन्धुपाल्चोकले ९ वटा र पूर्बाधार विकास कार्यालय रामेछापले २ वटा पुलहरु निर्माण सम्पन्न गरेको आज बुधबार मन्त्रालयले सार्बजनिक गरेको छ ।

चालु आर्थिक वर्ष २०७७÷७८ मा १ सय २० वटा पुल निर्माण हुने भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुयाँलले बताए । तीमध्ये १३ वटा झोलुङ्गे पुल निर्माणको लागि बजेट बिनियोजन गरिएको उनले जानकारी दिए । पुल निर्माणमा मात्र चालु आर्थिक वर्षको लागि १ अर्ब रुपैयाँ बजेट बिनियोज गरिएको मन्त्रालयले जनाएको छ । पुलसँगै ४४ वटा ठूला सडक बहुवर्षीय ठेक्का मार्फत निर्माण भइरहेको फुयाँलले जानकारी दिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *