६ लाख ४० हजार श्रोत नखुलेको रकमसहित २ जना भारतीय महिलालाई पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

 

रौतहट प्रहरीले ६ लाख ४० हजार श्रोत नखुलेको रकमसहित २ जना भारतीय महिलालाई पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट महादेवपट्टीबाट प्रहरी सहायक निरिक्षक मनोज कुमार सिंहको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई गौर नगरपालिका वडा नं ३ महादेवपट्टीस्थित दशगँजा क्षेत्रबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

पक्राउ पर्नेहरुमा भारतको विहार राज्य जिल्ला सितामढी बैरगनिया ग्राम पन्चायत वडा नम्बर १ सिन्दुरीयाकी ४५ वर्षीया शान्ती देवी र सोही स्थान बस्ने वर्ष ४५ वर्षीया मिना देवी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख प्रहरी उपरिक्षक रविराज खड्काले जानकारी दिएका छन् । उनका अनुसार ती महिलाहरु प्रहरीको आँखा छलेर घाँस काट्न बाहानामा नेपाल प्रवेश गर्न लागेका थिए ।

प्रहरीलाई उनीहरुको गतिविधिमाथि शंका लागेर उनीहरुको साथमा रहेको प्लाष्टिकको झोला चेकजाँच गर्दा झोला भित्र सो परिमाणको श्रोत नखुलेको नेपाली रुपैयाँ फेला परेको हो । उनीहरुले के उद्धेश्यका लागि रकम नेपाल भित्राउन लागेको हुन अहिलेसम्म नखुलेपनि हुन्डी कारोवारी हुनसक्ने प्रहरीले आशंका गरेको छ । प्रहरी प्रमुख खड्काले उनीहरुमाथि आर्थिक अपराध अन्र्तगत मुद्धा दर्ता गरेर थप अनुसन्धान भइरहेको र बाँकी जानकारी अनुसन्धानपछि प्रष्ट हुने बताएका छन् । कोरोना भाइरसका कारण नेपाल–भारत सिमाना बन्द रहेपनि जिल्लामा सिमानाका हुँदै हुन्डी कारोवारी जारी रहेको स्थानीयको गुनासो छ ।

भारतीयहरु प्रहरीको आँखा छलेर विभिन्न बाहाना भारतबाट हुन्डीको रकम नेपाल भित्राउने गरेका छन् । उनीहरुले यस्तो कारोवारको लागि विशेषगरी महिलाहरुलाई प्रयोग गर्ने गरेको पाइन्छ । उनीहरुले घाँस काट्रने बहानामा नेपाल आउने र घाँसको बोरामा घाँससँगै हुन्डीको रकम पनि ओसारपसार गर्ने गरेको स्थानीयको भनाइ छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *