६ किलो सुनसहित भारतीय नागरीक मकवानपुरमा प’क्राउ
मकवानपुर प्रहरीले ६ किलो २ सय८९ ग्राम,३५० मिलि ग्राम सुन सहित भारतीय नागरीकलाई पक्राउ गरेको छ ।
पुर्वपश्चिम राजमार्गको हेटौंडा १५ रातोमाटेमा काठमाडौंबाट विरगंज जाँदै गरेको रात्री बस चेकजाँचका क्रममा सुन सिहत करनाटका ४२ बर्षीय अब्दुल मजिद अनेकललाई पक्राउ गरेको हो।
विशेष सुचनाको आधारमा प्रहरीले अव्दुलले ल्याएको ठुला उपकरणमा प्रयोग हुने फलामको बेरीङ्ग भित्र राखेर ल्यनएको सुन बरामद गरेको मकवानपरका प्रहरी उपरिक्षक सुशील सिं राठोरले जानकारी दिए ।
प्रहरीले सुन र पक्राउ परेका अब्दुललाई मंगलबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । प्रहरीका अनसा पक्राउ परेको सुन नेपाली बजार मूल्य अनुसार ४ करोड सत्ताइस लाख अन्ठाउन्न हजार रहेको बताईएको छ ।
सुन सिहत पक्राउ परेका अब्दुल्ललाई सुन सहित आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको छ।