५८ वर्षपछि भेटियो हुम्लाको ११ नम्बर सिमास्थम्भ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सिमकोट – उत्तरी छिमेकी मुलुका चीन र नेपाल बीचको सिमानामा राखेको ११ नम्बरको सिमा स्थम्भ राखेको ५८ वर्षपछि फेला परेको छ । नाम्खा गाउँपालिका–६ लाप्चाको लोलुङजोङ क्षेत्रमा चीनले निर्माण गरेका भवनको विषयमा स्थलगत अध्ययन गर्न गएको प्रमुख जिल्ला अधिकारी चिरिञ्जिवी गिरी नेतृत्वको टोलीले बुधबार उक्त सिमा स्थलम्भ फेला पारेको हो ।

सिमास्थम्भ नाम्खा गाउँपालिका ६ टाकुलेमा भेटिएको जिल्लाका सुरक्षा अधिकारीलाई उदृत गर्दै नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले जानकारी दिए । उनका अनुसार ११ नम्बर सीमास्तम्भ सीमा प्रहरी चौकी, हिल्साभन्दा माथि करिब पाँच हजार दुई सय मिटर उचाइमा भेटिएको हो ।

लोलुङजोङमा चीनियाँ अधिकारीसँगको वार्ता सफल नभएपछि प्रमुख जिल्ला अधिकारी गिरी नेतृत्वको टोली ट्याक्टरमा हिल्सा गएको थियो ।

११ नम्बर सिमास्थम्भ हराएकाले नेपाल र चीनसँगको सिमाना विवाद पटकपटक दोहाएको निचोडमा पुगेको सुरक्षा अधिकारीको टोलीले त्यसको खोजिलाई अन्तिम लक्ष्य मान्दै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मीलाई सिमानामा दुई टोली बनाएर खटाएको थियो । सिमा प्रहरी चौकी हिल्सामा रहेका एक सुरक्षा अधिकारीका अनुसार चारवटै सुरक्षा निकायका सुरक्षाकर्मी, नाम्खा गाउँपालिकाका प्रतिनिधि र केही स्थानीयहरुको अथक प्रयासमा तीन दिनको खेजविनले हराएको पिल्लर फेला परेको हो ।

हराएको ११ नम्बर पिल्लर सिमा प्रहरी चौकी हिल्सादेखि ७ घण्टाको पैदल दूरीमा रहेको बताएका सिमास्थम्भ खोजि कार्यमा संलग्न एक सुरक्षाकर्मीका अनुसार बिहान हिल्साबाट खटिएको सुरक्षाकर्मीको टोलीले अपरान्ह १ बजेतिर फेला पारेको हो । “खोज्दैंजाँदा टाकुले लेकको खोजमा हिउँसँगै दबेर रहेको ढुंगाजस्तो देखियो,” ती सुरक्षाकर्मीले भने, “नजिक गएर राम्रो सँग माटोर हिउँ पञ्छाएर हेर्दा त ११ नम्बर सिमास्थम्भ रहेछ ।” निरन्त तीन देखिको निसाना रहेको उक्त सिमास्थम्भ भेटिएपछि निकै खुशी भएर भोक प्यास केही नमाने उल्लेख गरेका ती सुरक्षा अधिकारीले सिमास्थलम्भ केही नभएको प्रतिक्रिया दिए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *