४५ स्वर्णसहित नेपाल अंक तालिकाको दोस्रो स्थानमा यथावत

१३औं दक्षिण एसियाली खेलकुद ९साग० मा नेपाल अंकतालिकाको दोस्रो स्थानमा छ। आइतबार २ स्वर्ण थपेको नेपाल ४५ स्वर्णसहित दोस्रो स्थानमा यथावत रहेको छ।
नेपालको ४४ रजत र ७५ कास्य गरि कूल १६४ पदक छ। आइतबार नेपालका लागि पौडीबाट गौरिका सिंह र जुडोबाट देविका खड्काले स्वर्ण दिलाएकी हुन्। गौरिकाले ४ सय मिटर फ्रिस्टाइलमा भारतीय खेलाडीलाई पछि पार्दै स्वर्ण दिलाएकी हुन्।
उनले एउटै सागमा तीन स्वर्ण जित्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान समेत कायम गरिन्।
१३२ स्वर्णसहित भारत अंक तालिकाको शीर्ष स्थानमै छ। ७९ रजत र ४९ कास्य जोडेको भारको कुल २५२ पदक छ।
२४ स्वर्णसहित श्रीलंका तेस्रो स्थानमा छ। २८ स्वर्ण जोडेको पाकिस्तान चौथो र ८ स्वर्ण जोडेको बंगलादेश पाँचौ स्थानमा छन्। १ स्वर्ण जोडेको माल्दिभ्स छैठौं स्थानमा हुँदा स्वर्णविहीन रहेको भुटान अंक तालिकाको पुछारमा छ। भुटानको ९ कास्य छ।
भारतमा भएको सागको अघिल्लो संस्करणमा नेपाल जम्मा ३ स्वर्ण लिएर घर फर्किएको थियो। नेपाललाई जुडोबाट फुपूल्हामु खत्री र उसुबाट निमा घर्ती मगरले स्वर्ण दिलाएका थिए। नेपालले पुरुष फुटबलबाट पनि स्वर्ण भित्र्याएको थियो।
यसपालि पनि पुरुष र महिला फुटबल टिम नै फाइनलमा पुगेको छ। सोमबार महिला फुटबल टिमले स्वर्णको लागि भारतसँग प्रतिस्पर्धा गर्दैछ। मंगलबार पुरुष फुटबल टोलीले स्वर्णको लागि भुटानसँग खेल्नेछ।