४०.२७ मेगावाटको सुपर न्यादी जलविद्युत् आयोजना हिलालय–धौलागिरी कस्ट्रक्सनले बनाउने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

लमजुङको मस्र्याङ्दी गाउँपालीका निर्माण हुन लागेको सुपर न्यादी जलविद्युत् आयोजना हिलालय–धौलागिरी कस्ट्रक्सन जेभीले बनाउने भएको छ । रन–अफ–रिभर मोडेलमा निर्माण हुन लागेको उक्त परियोजना निर्माणका लागि डेभलपर सिउरी पावर लिमिटेड र कस्ट्रक्सन जेभीबीच सम्झौता भएको हो ।

४०.२७ मेगावाट क्षमताको सो परियोजना ५ अर्ब ८० करोड रुपैयाँमा निर्माण गर्ने सम्झौता भएको हो । सम्झौतानुसार यो आयोजनाको निर्माण चार वर्षमा सकिनेछ र आयोजनाले सन् २०२२ को जुलाई महिनादेखि व्यापारी उत्पादन थाल्नेछ । यो आयोजना निर्माणका लागि ७।५ किलोमिटर टनेल बनाउनेपर्ने हुन्छ ।

यस आयोजनाले जेठदेखि मंसिरमा १६२.१५ गिगावा परआवर विद्युत् उत्पादन गर्ने क्षमता राख्छ भने मंसिरदेखि जेठसम्म ७३.६१ गिगावाट परआवर विद्युत उत्पादन गर्नेछ ।सिउरी पावर लिमिटेडले सिउरी खोला हाइड्रो पावर प्रोजेक्ट, हेवा खोला हाइड्रो पावर प्रोजेक्ट र लोवर पिलुवा खोला हाइड्रोपावर प्रोजेक्टको प्रवद्र्धक कम्पनी हो । धौलागीरी कस्ट्रक्सल प्रालि र हाइ हिलमालय हाइड्रो कस्ट्रक्सन प्रालिले संयुक्तरुपमा हिलालय–धौलागिरी कस्ट्रक्सन जेभीलेको नाममा उक्त आयोजना निर्माण गर्न लागेका हुन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *