३ हजार किलो मरिचबोकेको ट्रक प्रहरीको नियन्त्रणमा, तस्कर फरार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

वीरगञ्ज – पर्सा प्रहरीले भारततर्फ निकासी गर्न लागिएको अवस्थामा अबैध मरिचसहित एक ट्रक वीरगञ्जबाट नियन्त्रणमा लिएको छ । प्रहरीले भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा ना २ ख ९८०२ नम्बरको मरिच लोड गरिएको ट्रक नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ बाट उक्त ट्रकमा लोड गरिएको १ सय २० बोरामा रहेको ३ हजार केजी मरिचसहित ट्रक नियन्त्रणमा लिएको हो ।

वीरगञ्जबाट भारततर्फ जाँदै गरेको अवस्थामा प्रहरीको टोलीलाई देख्न साथ ट्रकमा लोड गरिएको मरिच सोही स्थानमा छाडी तस्करहरु फरार भएको पर्सा प्रहरीले बताएको छ । विगत केहि समय यता नेपालबाट मरिच भारततर्फ अबैद्धरुपमा तस्करी हुदै आएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *