३७ केजी लागूऔषध चरेस सहित २ जना पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

३७ केजी लागू औषध चरेस सहित कपिलवस्तुको कृष्णनगर सीमा क्षेत्रबाट २ जना महिला पक्राउ परेकाछन् । लागूऔषध चरेस सहित पक्राउ पर्नेमा मकवानपुर जिल्ला मनहरी गाउंपालिका वडा नं. ९ की ४० वर्षीय शान्ति तामाङ्ग र रोल्पा जिल्ला साविक उवा गाविस वडा नं. ५ घर भई हाल कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ९ बनियाभार बस्ने ३५ वर्षीय वस्ती घर्ती रहेको प्रहरीले जानकारी दिएको छ ।

पछिल्लो समय लागूऔषध तस्करहरुले महिला तथा बालबालीकाहरुलाई प्रयोग गरि लागूऔषध ओसार प्रसार गराउदै आएको देखिएको छ । यस विषयमा थप अनुसन्धान जारीरहेको प्रहरीले जानकारी दिएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *