३४ देशका १४० सैन्य टोलीलाई पछि पार्दै नेपाली सेनाले जित्यो स्वर्णपदक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

असोज २९ ,काठमाडौं – बेलायतमा भएको विश्वस्तरीय सैन्य अभ्यास प्रतियोगितामा नेपाली सेनाले स्वर्णपदक जितेको छ। युद्धकालीन विशेष परिस्थितिहरूको कल्पना गरी शत्रुपक्षको गतिविधि समेटेर सञ्चालन गरिने अभ्यासमा नेपाली सेनाले स्वर्णपदक जितेको हो। प्रमुख सेनानी अशिम देव गुरुङको नेतृत्वको टोलीले सो पदक जितेको हो।
संयुक्त अधिराज्यको वेल्स ब्रेकनमा असोज २४ गतेबाट भएको ‘एक्सरसाइज क्याम्ब्रिएन प्याट्रोल २०१९’मा नेपाली सेनाका मुख सेनानी अशिम देव गुरुङको नेतृत्वमा नेपाली टोली सहभागी भएको थियो। सहभागी टोलीको लडाईँका लागि तयारी नक्सा र कम्पासको भरमा उनीहरूले दिन र रातमा गर्ने निर्धारित स्थानसम्मको यात्रा खोला तथा अन्य अवरोध पार गर्ने क्षमता खबर सङ्कलन घाइते बिरामीको व्यवस्थापन विस्फोटक पदार्थ पत्ता लगाउने क्षमता लगायत रसायनिक जैविक र आणविक हतियार प्रहार भएको अवस्थामा अपनाउने सतर्कता समेतका दक्षता परिक्षण गरिन्छ ।
संयुक्त अधिराज्यको वेल्स, ब्रेकनमा सम्पन्न उक्त अभ्यासमा बेलायती फौजका १०६ र नेपाल समेत अन्य ३४ देशका गरि कूल १४० सैन्य टोलीहरूको सहभागिता रहेको थियो। उक्त अभ्यासमा नेपाली सेनाको प्रतिनिधित्व विशेष फौज बाहिनी पशुपति प्रसाद गण र गौरीबक्स गुल्मको टोलीले गरेका थिए। सेनाले यो अभ्यासमा सन् २०१४ बाट भाग लिँदै आएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *